दफा ६५
नियम कार्यविधि वा निर्देशिका बनाउने अधिकार
: (१) यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम बनेको नियमको अधीनमा रही महालेखा नियन्त्रक कार्यालयले प्राविधिक मार्गदर्शन, कार्यविधि, निर्देशिका तथा दिग्दर्शन बनाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम महालेखा नियन्त्रक कार्यालयले बनाएको प्राविधिक मार्गदर्शन, कार्यविधि, निर्देशिका तथा दिग्दर्शन नेपाल सरकारबाट स्वीकृत भएपछि लागू हुनेछ।